गृहमन्त्रालयद्वारा सिडिओ हेरफेर, को कहाँ पुगे ?


 


काठमाडौं – गृहमन्त्रालयले कर्मचारीको सरुवा गरेको छ । आइतबार मन्त्रिस्तरको निर्णयअनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले आइतबार १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको  हो।

सरुवा सूचीअनुसार इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की गृहमन्त्रालयमा सरुवा भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन विभाग काठमाडौं सरुवा भएका छन् ।

त्यस्तै, आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सह-सचिवहरूको पनि सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक समेत परिवर्तन भएको छन् । संघीय मामिलाले विभागको महानिर्देशकको भूमिकामा रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो । अन्य कर्मचारी को-कहाँ सरुवा भए ? तलको सूची हेर्नुहोस् :

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्