दिल्लीमा विश्वविद्यालय बाहिर गोली चल्यो


 


भारत , माघ २०
भारतको राजधानी नयाँ दिल्लीस्थित विश्वविद्यालय बाहिर गोली चलेको छ। जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति करिब १२ बजेतिर सो घटना भएको हो ।

बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन थाल्यो र हामीलाई थाहा भयो कि गेट नम्बर पाँचतिर गोली चलेको छ ।’

सोस्थानमा कम्तिमा दुई राउण्ड गोली प्रहार भएको उनले बताएका छन् । जामिया समन्वय समितिका अल अमीन कबीरका अनुसार गेट नम्बर पाँच र सातको बिचमा दुई जना अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।

रातो स्कुटरमा आएका उनीहरु गोली चलाएका थिए । सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक दिनअघि जामिया प्रशासनले सूचना जारी गरेर विश्वविद्यालय भित्र कुनै पनि प्रकारको प्रदर्शन नगर्न विद्यार्थीलाई सचेत गराएको थियो । घटनामा कोही घाइते भएको भने खबर आएको छैन ।

प्रकाशित मिति: २० माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्