बस र माइक्रोबस ठोक्किँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु


 


विराटनगर , माघ १९
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवामा बस र माइक्रोबस एक आपसमा ठोक्किँदा चालकसहित ३ जनाको ज्यान गएको छ।

पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा उनीहरुको घटनास्थलमै ज्यान गएको हो भने दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।

बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रदेश नम्बर १ का ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिए । मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन् । घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्