नयाँ बसपार्क क्षेत्रमा प्रहरीको छापा, ३२ महिलासहित ७३ जना पक्राउ


 


काठमाडौं , माघ १९
गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति प्रहरीले सञ्चालन गरेको स्विप अपरेसनका ७३ जनालाई नियन्त्रणमा लिएको छ । अवैध र अनैतिक कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।

लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्