आगामी तीन दिनको कस्तो छ मौसम?


 


काठमाडौं, माघ १९
पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहे पनि आइतबार देशका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रका पहाडी भेगमा मात्र मौसम आंशिक बदली भएको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

‘दिउँसो देशका धेरै स्थानमा घाम देखिने सम्भावना छ,’ मौसमविद् पोखरेलले आइतबार भनिन्, ‘तैपनि आंशिक बदली हुने भएकाले बेलाबेला बादल पनि देखिने हुन्छ।’ तर आज पानी पर्ने सम्भावना भने एकदमै कम रहेको उनले बताइन्। ‘उच्च पहाडी तथा हिमाली भेगका सीमित स्थानमा हिमपात हुन सक्छ,’ उनले भनिन्।

कस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान?
माघ १९ गते आइतबार

दिउँसोः पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

माघ २० गते सोमबार
दिउँसोः पूर्वी तथा मध्य नेपालका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

माघ २१ गते मंगलबार
दिउँसोः देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातिः देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्