बिहे गर्दै बिल गेट्सकी छोरी, को हुन् दुलाहा?


 


काठमाडौं, माघ १९
माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिश्रमका नायल नास्सारसँग विवाह गर्ने घोषणा गरेकी छन् । जेनिफरले बुधबार सोसल मिडिया प्लेफर्म इन्स्टाग्राममा लेखेकी छन्– ‘नायल नास्सार तपाईं फरक किसिमको व्यक्ति हुनुहुन्छ। म तपाईंसँग आगामी जीवन सिक्दै, बढ्दै, हाँस्दै बिताउनका लागि थप कुर्न सक्दिनँ।’

जेनिफ र नास्सार लामो समयदेखि साथ रहँदै आएका छन् । जेनिफरले एक साक्षात्कारका क्रममा भनेकी छन्, ‘यो विशेष भएको छ । यो मामिलामा नास्सार एक पेसेवर हुन् । म यस खेलमा अझै पनि सिकारु नै छु। यसैले अर्कासँग घोडाका लागि हाम्रो माया जुनुन साझा गर्न सक्षम हुनु अविश्वसनीय हो।’ एजेन्सीलाई उधृत गर्दै आजको कारोबारले यो खबर छापेको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्