चीनबाट ३ सय २४ भारतीय स्वदेश फिर्ता


 


एजेन्सी, माघ १८
कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि भारतले चीनको वुहानमा फसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । ३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुग्यो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।विमान शुक्रबार राती वुहानबाट उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ ।

यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो ।

मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ । उता, चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् । शुक्रबार विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको विस्तारलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा ग¥यो । कोरोना भाइरस अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ । तथापि कोरोना भाइरसबाट मर्ने मानिस चीनभित्रका मात्र छन् ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्