आजको मौसम पूर्वानुमानः कहाँ कहाँ हुन्छ मौसममा बदली?


 


काठमाडौँ, माघ १८
मौसम पूर्वानुमान महाशाखाले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेकोले देशको विभिन्न स्थानमा मौसम बदली हुने जानकारी दिएको छ ।

शनिबार जारी पूवानुमानले हाल देशका मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदलीसहित केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, राति भने पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्