कोरोना भाइरसबाट बच्न चिनियाँ ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै!


 


माघ १८
गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति गर्न समस्या भएको छ । मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँ–नयाँ तरिका अपनाउन थालेका छन् ।

कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन् भने कोही स्यानिटरी प्याडलाई नै मास्क बनाएर लगाइरहेका छन् । अनुहार छोप्नका लागि चीनका सर्वसाधरण स्थानीय सामानदेखि अनेक विधि प्रयोग गरिरहेका छन् । कसैले प्लास्टिकले पूरै शरीर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तले मुख छोपेका छन् ।

कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ । यस्तोमा मानिसहरुले आफ्नै शैलीमा मास्कको प्रयोग गरिरहेका हुन् । जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन्। सामाजिक सञ्जालमा यस्ता मास्को फोटो भाइरल भइरहेका छन् ।

केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडलाई नै मास्कका रुपमा प्रयोग गरेका छन् । एकजना चिनियाँ वृद्धले त सुन्तलाको बोक्रालाई नै मास्क बनाएका छन् । नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन् । नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो । तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । एजेन्सी

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्