यौन दुर्व्यवहारको उजुरी परेपछि एसएसपी निलम्बित


 


काठमाडौं, माघ १७
यौन दुर्व्यवहार आरोपमा एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) निलम्बित भएका छन्। गृह मन्त्रालयले एसएसपी सौरभ राणालाई निलम्बन गरेको हो।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले बताए ।

साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्