अवकाशको दुई दिन बाँकी रहँदा गृहसचिव राईले दिए राजीनामा


 


काठमाडौँ , माघ १७
अवकाशको दुई दिन बाँकी रहँदा गृहसचिवले राजीनामा दिएका छन्। आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका हुन्।

माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा पेश गरेका हुन् । २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले २ दिन अगावै राजीनामा गरेका छन् ।

गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद सचिवको रुपमा बाहिरिन लागेका हुन् । राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल तथा सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि माघ २२ गते अवकाश पाउँदैछन् ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्