डिभाइडरमा ठोक्किएर जिप पल्टिदा एक जनाको मृत्यु


 


पर्सा, माघ १७
पर्सामा डिभाइडरमा ठोक्किएर जिप पल्टिएको छ। वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् ।

गण्डकबाट वीरगंजतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको जिप राति सवा ११ बजे सडक डिभाइडरमा ठोक्किएर पल्टिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिपमा सवार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकास पटेल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्