आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, माघ १७
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः


प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्