सुनचाँदीको मूल्य बढ्यो


 



काठमाडौं, माघ १६
बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो अघिल्लो दिनको तुलनामा चार सय रुपैयाँ घटेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्