वृद्धालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ


 


चितवन, माघ १६
चितवनमा वृद्धालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।

माडी नगरपालिका वडा नं। २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ । पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्