कोरोना भाइरसको त्रासले भ्रमण वर्ष २०२० मा धक्का!


 


पोखरा, माघ १६
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो ।

नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ ।

चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ ।

सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर फर्किइसकेको व्यवसायी सोम थापाले बताए । यस्तो अवस्थाले सरकारको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनामा धक्का लागेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्