सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?


 



काठमाडौं, माघ १५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ७० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्