क्यारेबियन तटमा शक्तिशाली भूकम्प


 



जमैका र क्युबा बीचको क्यारेबियन तटमा शक्तिशाली भूकम्प गएको छ । क्यारेबियन क्षेत्रमा मंगलबार ७.७ रेक्टर स्केलको भूकम्प धक्का गएको हो।

भूकम्प क्युबा, मेक्सिको, होण्डुरस , जमैका र क्यामेन टापुमा आधार बनाएर गएको बताइएको छ । धेरै घरहरु हल्लिएको र क्यारेबियन तटीय क्षेत्रमा सुनामीको खतरा रहेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु जमैकाको उत्तर पश्चिम लुसियालाई बताइएको छ । त्यहाँ ७।३ मेग्निच्युडको कम्पनको आभास गरिएको थियो । भुकम्पको धक्का फ्लोरिडा र मायामीमा पनि महशुस गरिएको थियो ।

सन् १९४६ पछि क्यारेबियनमा गएका भुकम्पमध्ये यसलाई सबैभन्दा ठूलो बताइएको छ । मानिसहरु आतिएका, रिगंटा लागेका, आर्थिक संरचना विग्रेका घटना प्रकाशमा आएका छन् ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्