माघ १५ गते कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् आजको राशिफल


 


आज मिति २०७६ साल माघ महिनाको १५ गते बुधबार, तदअनुसार सन् २०२० जनवरी २९ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष–

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ ।

सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस

वृष–

छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

मिथुन–

विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।

कर्कट–

नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला ।

सिंह–

समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कन्या–

धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ ।

तुला–

अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

वृश्चिक–

गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।

धनु–

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

मकर–

चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

कुम्भ–

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ।

मीन–

हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्