अमेरिकी सेनाको विमान तालिवानी क्षेत्रमा दुर्घटना


 


अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकाको रहेको पुष्टि भएको छ ।

अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । तालिवानले भने सो विमान आफूले खसालेको दाबी गरेको छ । तालिवानले विमान खसालेको भन्ने दाबीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ ।

विमानमा कति जना सवार थिए भन्ने स्पष्ट खुल्न सकेको छैन । तालिवानको बलियो पकड रहेको घान्जी प्रान्तको देह याक जिल्लामा विमान दुर्घटना भएको हो ।

तालिवानले अमेरिकी सेनाले गुप्तचरीका लागि प्रयोग गरेको विमान दुर्घटना भएको तस्वीर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्