तीन वटा ट्रक एकआपसमा जुध्यो, ३ जनाको मृत्यु, ९ घाइते


 


भैरहवा, ,माघ १४
भैरहवामा तीन वटा ट्रक एकआपसमा जुधेर दुर्घटना भएको छ। भैरहवा–भुमही सडकमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ। रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किर दुर्घटना हुँदा ९ जना घाइते समेत भएका छन्।

करिब ६स्३० बजे भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो। दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन्।

घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेज रानीगाउँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिए। भैरहवाबाट लोडेड ट्रक परासी तर्फ जादा विपरित दिशा तर्फबाट आउँदै गरेको खाली ट्रकसँग जुधेको हो। २ वटा ट्रक क्षति भएको छ भने एउटा ट्रकमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्