आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं ,माघ १४
नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।


प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्