टर्कीमा शक्तिशाली भूकम्प: १४ जनाको मृत्यु


 


एजेन्सी, माघ ११
टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएका छन।

एलाजिग् प्रान्तको सिभ्रिस बजारकेन्द्रबिन्दु भई गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका भवनहरु समेत भत्किएका छन।

भुकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो। भुकम्प स्थानीय समयअनुसार शुक्रबार साँझ ५ः८८ मा गएको थियो । भुकम्पपछि हालसम्म क्ष भन्दा बढी परकम्प मापन गरिएको टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणले जनाएको छ।

टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्