अस्ट्रेलिया काण्ड: पीडित युवतीले लिइन् यस्तो एक्सन!


 


काठमाडौं , माघ ९
सामाजिक सञ्जालमा अस्ट्रेलिया काण्ड भन्दै आफ्नो चरित्र हत्या गरेको भन्दै एक जना युवतीले उजुरी दिएकी छन् । उनले अष्ट्रेलियमाबाटै नेपालमा उजुरी दिएकी हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी गरेकी हुन् ।

अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको छ ।

सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड, नेपाली युवतीको अश्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पोर्न क्लिप सार्वजनिक गरिएको छ । सो क्लिप नेपालीको भने हैन । पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो ।

पीडितले उजुरीमार्फत खुलाए अनुसार अश्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शंका लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन् । प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्