उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा


 


सर्लाही , माघ ९
सरकारले १८ पुसमा किसानसँग गरेको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान संघर्ष समिति सर्लाहीले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारले पुस १८ गते काठमाडौंमा पाँचबुँदे सहमति गरी उखु किसानको पुरानो बक्यौता रकम ७ माघभित्र भुक्तानी गरिसक्ने सहमति गरेको थियो ।उखु किसान संघर्ष समिति सर्लाहीले सहमति कार्यान्वयन नगरेको भन्दै बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी माघ ९ देखि १८ माघसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

किसानले पहिलो दिन १० माघमा कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ माघसम्म गाउँगाउँमा उखु किसान जनजागरण अभियान सञ्चालन गर्ने र १८ माघमा गोडैता बजारमा उखु किसानको भेला गरी नयाँ आन्दोलनको स्वरूप र मिति तय गरिने संघर्ष समितिसर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्