ठगलाई मुक्का नहानेर के फूलमाला लगाइदिनु त: मनाङे
पोखरा, माघ ९
प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले एन्फा कास्की अध्यक्षले आफैले ठगी र भ्रष्टाचार गर्ने अनि आफै ठूलठूलो कुरा गरेकाले झापड हानेको बताएका छन्। मनाङेले मंगलबार एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए।
सांसद मनाङेले बुधबार अपराह्न पत्रकार भेटघाट आयोजना गरी सुधार्नका लागि आफूले झापड हान्नुपरेको जिकिर गरे। ‘उसले पचासौं ठाउँमा ठगी र भ्रष्टाचार गरेको छ’,उनले भने, ‘पहिल्यै झापड हानेको भए सुध्रिन्थ्यो होला, तर झापड नहान्दा झन् बढ्दै गयो, आज भन्दा ५/७ वर्ष अघिनै हान्न पाएको भए पहिल्यै सुध्रिन्थ्यो।’ मैले ठगलाई झापड हान्नुपर्छ,’ प्रश्नोत्तर शैलीमा उनले भने, ‘ठगलाई झापड नहानेर के म माला लगाईदिउँ?’ मुख्यमन्त्री कपको नाममा भ्रष्टाचार र ठगी भइरहेको भन्दै यसले मुख्यमन्त्री र गण्डकी प्रदेशकै बेइज्जत गरेको बताए।
यसले मुख्यमन्त्रीको बदनाम गरिरहेको छ, उनले भने,’त्यसलाई मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो, तर उहाँले हान्नु भएन र मैले हानेँ।’नेतालाई जुत्ता हान्दा वाहवाही दिने नेपाली जनताले झापड हान्दाचाहिं खेदो खनेको भन्दै असन्तुष्टि व्यक्त गरे। यो समाचार नागरिक दैनिकमाप्रकाशित छ।
प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार