पूर्वराजा वीरेन्द्र शाहको वंश नाश भएको चौध वर्ष
दरबार हत्याकाण्ड
काठमाडौं जेठ, १९
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुग्यो ।
विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।
राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।
प्रकाशित मिति: १९ जेष्ठ २०७२, मंगलबार