ट्रम्पको हत्या गर्नेलाई ३४ करोड पुरस्कार !
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने एकजना इरानी सांसदले घोषणा गरेका छन् ।
इरानको अर्धसरकारी समाचार संस्था आईएसएनएकाअनुसार सांसद अहमद हमजेले ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर दिने घोषणा गरेको छ।
अन्य सांसदसमक्ष बोल्ने क्रममा उनले यस्तो घोषणा गरेका थिए । ट्रम्पलाई धम्की दिने उद्देश्यले इरानी धार्मिक सत्ताको निर्णय अनुसार उनले उक्त घोषणा गरे वा नगरेको भनेर केही खुलाइएको छैन ।
केर्मान अमेरिकी ड्रोन हमलामा मारिएका वरिष्ठ जनरल कासिम सुलेमानीको गृह नगर हो । सुलेमानीको हत्यापछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।
केही समयअघि इरानको एक संस्थाले समेत ट्रम्पको टाउकोको मूल्य तोकेको थियो । सुलेमानीको अन्तेष्टि कार्यक्रममै आयोजकले ट्रम्पको टाउकाको मूल्य ८० मिलियन अमेरिकी डलर तोकेको थियो ।
प्रकाशित मिति: ८ माघ २०७६, बुधबार