चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि देखियो


 


काठमाडौं, माघ ८
चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि देखिएको छ।

अमेरिकाले सिएटल शहरमा कोरोना भाइरसँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाएको छ । सङ्घीय एवं राज्य अधिकारीहरुले पीडितको उमेर ३० देखि ३५ वर्ष भएको जनाएको छ र उनी चीनको वुहानबाट अमेरिका आएको बताएका छन् ।

रहस्यमयी भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भईसकेको छ भने ३ सयभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ।

नयाँ भाइरस चीनको वुहान, शङ्घाई लगायतका प्रान्तमा तीव्ररुपमा फैलिइरहेको छ । यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्