कंगनाले लगाइन आरोप


 


मुम्बई (एजेन्सी), माघ ८
बलिउड अभिनेत्री कंगना रनौटले दीपिका पादुकोणलाई एसिड आक्रमणबाट पीडितहरूमाथि व्यंग्य गरेको आरोप लगाएकी छन्। अभिनेत्री पादुकोणको ‘छपाक’ फिल्म प्रमोशनको दौरान तयार गरिएको भिडियोमा मेकअप आर्टिस्टसँग मिलेर एसिड आक्रमणबाट पीडितमाथि व्यंग्य गरेको तर्क रनौटले गरेकी छन्।

सो भिडियोलाई लिएर सामाजिक सञ्जाल विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा अभिनेत्री रनौटले भारतीय सञ्चारमाध्यसँग कुराकानी गर्दै भनिन्, ‘मेरी बहिनी रंगोली एसिड आक्रमणकी पीडित हुन्। सो भिडियाले उनलाई ठेस पुर्याएको छ। मेरी बहिनीजस्तै अन्य पीडितहरूलाई यस भिडियोले पीडा दिएको हुँदा दीपिकाले माफी माग्नुपर्छ।’

यसअघि रनौटको अभिनयको तारिफ गरेकी अभिनेत्री पादुकोणले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। अभिनेत्री रनौटको ‘पंगा’ फिल्मको ट्रेलर हेरेलगत्तै पादुकोणले उनको अभिनयको तारिफ गरेकी थिइन्। यसअघि उनले सन् २०१४ मा ‘ह्याप्पी न्यु एयर’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड लिनेक्रममा सो अवार्ड रनौटलाई समर्पित गरेकी थिइन्।

अश्विनी आय्यर तिवारीद्वारा निर्देशित ‘पंगा’ फिल्ममा अभिनेत्री रनौटसहित जेसी गिल, ऋचा चड्डा र निना गुप्तालगायत कलाकारले अभिनय गरेका छन्। यो फिल्म आगामी जनवरी २४ मा रिलिज हुँदैछ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्