एमाले कार्यकर्ताकाे ताली, यस्ताे थियाे सुजताकाे बाेली


 


sujata-koiralaकाठमाडाैं, भदाै २४

अाजभाेलि सुजता काेइराला कांग्रेस हुन् कि एमाले धेरैले पत्ताे पाउँदैनन् । त्यसैले हाेला एमालेजनले उनलार्इ धेरै नै माया गरेका छन् । सुजताकाे बाेली एमाले कार्यकर्ताका लागि सधै तालीकाे विषय बन्दै अाएकाे छ । हुन पनि कांग्रेस केन्द्रिय सदस्य रहेकी सुजता केपी अाेलीकाे बाेलीलार्इ सपाेर्ट गर्दे अाएकी छन् भने कांग्रेस नेतृत्व विशेष गरी देउवा र प्रचण्डकाे धुवादार विराेधमा छिन् । त्यसैले त सामाजिक सञ्जालतिर एमालेका लागि उनि हटकेक नै बन्दै अाएकी छिन् ।

यस्तै दृश्य शुक्रबार राजधानीकाे एक कार्यक्रममा देखियाे । एमालेको युवा तथा खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा कोइरालाले चीनका राष्ट्रपति आउँछु भन्दा पनि सरकार परिवर्तनका कारण आउन नदिइएको बताइन् । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनु दुर्भाग्यपूर्ण भएको बताउँन पछि परिनन् ।

काेइरालाकाे बाेलीमा एमाले कार्यकर्ताको ताली बजीरहेकाे थियाे । यही बेला उनले भनिन्- ‘सि जिनपिङको भ्रमण नहुञ्जेल ओली सरकार नढालौं भनेर मैले धेरै आग्रह गरेँ । हे प्रभू ! ओली सरकार नढाल भनेँ । सि जिनपिङको भ्रमणपछि ढालौं भन्दा पनि मानेनन् । आखिर जिनपिङ नआउने नै भए ।’

चीनका राष्ट्रपतिको भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा धेरै चर्चा र आन्तरिक विकासमा सहयोग हुने थियो भन्दै कोइरालाले सरकार परिवर्तनकै कारण उनको भ्रमण नभएको बताइन् । कोइरालाले भनिन्-सी जिनपिङ नेपाल आउँछु भन्दा पनि आउन नदिने, भ्रमणको वातावरण नबनाउने भनेको नेपाल सिद्धिने बाटो हो । यो हाम्रा लागि लाजमर्दो कुरा हो ।

 

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्