‘बिकिनी बेब’ रमाउँदै प्रियंकाले मनाइन् ब्याचलोरेट पार्टी(तस्बिर)


 


काठमाडौं, माघ ७
यतिबेला अभिनेत्री प्रियंका कार्की साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाई रहेकी छन् । प्रियंकाले घन्टौंपिच्छे इन्स्टाग्राम स्टोरीमा साथीहरुसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्विरहरु सेयर गरिरहेकी छन् । तस्विरमा उनी साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्विरमा उनी रातो विकिनीमा देखिएकी छन् । उनका साथीहरु पनि बोल्ड अवतारमा देखिएका छन् ।

प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ । प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ ।

नेपालमा अहिले जाडो छ । तर उनीहरुको फोटो हेर्दा यस्तो लाग्छ थाइल्याण्डको तापक्रम धेरै नै छ । त्यसैले त प्रियंका र उनका साथीहरुले बिकिनी लगाउन सकेका छन् । उनीहरुको तस्बिरमा त्यहाँको खुल्ला मौसम देखेर पनि थाइल्याण्डमा गर्मी छ भनेर अनुमान गर्न सकिन्छ ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा १० घण्टा अघि मात्रै ‘ब्राइड’ लेखिएको सेतो रङको बिकिनी लगाएको फोटो पोष्ट गरेकी छिन् । उनका साथीहरुले भने ‘ब्राइड्समेड’ लेखिएको कालो रङको बिकिनी लगाएका छन् । सबैजनाले बिकिनीमा विभिन्न पोज दिएका छन् र तिनै फोटो प्रियंकाले आफ्नो अकाउन्टमा पोष्ट गरेकी छिन् ।

सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएका छन् । अभिनेत्री कार्कीले साथीहरुसँग रमाइरहेको तस्विर साझेदार गर्दै ‘आफ्नो परिवार’ भनेकी छिन् । उनीहरु एक हप्ताको ट्रिपमा ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेका हुन् । अभिनेत्री प्रियंका कार्की चाँडै आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिछन् ।

सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस

दुई पटक इन्गेजमेन्ट गरिसकेका प्रियंका र आयुष्मान गएको असारमा बिहे गर्ने तयारीमा थिए । तर, पारिवारिक सदस्यहरुको समय नमिलेपछि विवाह हुन सकेको थिएन् । गएको महिना अभिनेत्री प्रियंकाले यस वर्ष विवाह नहुने जानकारी दिएकी थिइन् । तर, उनी साथीहरुसँग थाइल्यान्डमा ब्याचलर पार्टी मनाउन पुगेपछि उनले यसै वर्षको फागुनमा बिहे गर्न लागेको चर्चा चलेको छ । तर, वास्तवीकता के हो उनै प्रियंकालाई थाहा होला ?

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्