गृहयुद्धमा हराएकाहरुको नाममा मृत्यु प्रमाणपत्र जारी हुँदै


 


एजेन्सी, माघ ७
श्रीलङ्काका राष्ट्रपतिले देशमा गृहयुद्धको क्रममा हराएका २० हजार बढी व्यक्तिको मृत्यु भइसकेको स्विकारेका छन् । उनले पहिलो पटक सो कुरा स्विकारेका हुन् । राष्ट्रपति राजपक्षेले राजधानी कोलोम्बोमा संयुक्त राष्ट्रका एक दूतसँगको भेटघाटको क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपति कार्यालयको बयानमा हराएका व्यक्तिका लागि मृत्यु प्रमाणपत्र जारी गर्ने बताइएको छ । nश्रीलङ्काली सरकारले हराएका व्यक्तिबारे पत्ता लगाउनुपर्ने दबाब दिँदै हज्जारौं परिवारले देशभरी विभिन्न चरणको र्‍यालीको आयोजना गर्दै आएका छन् ।

कतिले हराएका व्यक्ति अझै पनि जीवित भएको र उनीहरुलाई सुरक्षाबलले आफ्नो नियन्त्रणमा लिएको हुनसक्ने आशा व्यक्त गरेका थिए । श्रीलङ्काको सेनाले २६ वर्षसम्म चलेको रक्तपातपूर्ण संघर्षपछि सन् २००९ को मेमा विद्रोही तमिल टाइगर्सलाई परास्त गरेको थियो ।

युद्ध समाप्त भएपछि संयुक्त राष्ट्रले सुरक्षाबलमाथि अत्याचारको आरोप लगाएका थिए ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्